पठनपाठन सुरू गर्ने त्रिविको तयारी

पठनपाठन सुरू गर्ने त्रिविको तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरू गर्ने तयारी थालेको छ ।

कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच नपुगेपछ स्वास्थ्य साबधानी अपनाएर भौतिक उपस्थितिमै कक्षा सुरू गर्न लागिएको हो । भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न धेरै क्याम्पसहरू तयार भएपछि स्वीकृति दिइएको छ ।

धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए । जुम्ला, भोजपुरलगायतका जिल्लाबाट क्याम्पस सञ्चालनको अनुमति मागिएपछि स्वास्थ्य साबधानी अपनाएर पठनपाठन सुरू गर्न अनुमती दिइएको हो ।

 


Thali Mobile Pvt.Ltd.