भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार

पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार

वीरगञ्ज । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार ३९७ पुगेको छ ।राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार मधेस प्रदेशको पर्साको जनसङ्ख्या पछिल्लो १० वर्षको अविधमा जम्मा ४८ हजारले वृद्धि भएको देखिएको छ । यसअघि २०६८ सालको जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या ६ लाख एक हजार १७ रहेको थियो । जिल्लामा ।७४ प्रतिशतको दरले जनसङ्ख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

जिल्लामा महिलाको जनसङ्ख्यामा कमी आएको छ । मुलुकभर महिलाको सङ्ख्या बढे पनि पर्सामा महिलाको जनसङ्ख्या कम रहेको छ । पर्सामा पुरूषको सङ्ख्या तीन लाख ३४ हजार ९१९ तथा महिलाको सङ्ख्या तीन लाख १४ हजार ४७८ रहेको छ । पुरूषभन्दा महिलाको जनसङ्ख्या २० हजार ४४१ कम रहेको छ ।राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक प्रतिवेदनमा वीरगञ्ज महानगरपलिकाको दुई लाख ७८ हजार २७३ जनसङ्ख्या रहेको छ । महानगरमा एक लाख ३९ हजार ८४२ पुरुष र एक लाख २८ हजार ४२४ महिला छन् ।

महानगरपालिकामा ४७ हजार २१८ परिवारको बसोबास रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार कालिकामाई गाउँपालिकामा २३ हजार ४७०, ठोरी गाउँपालिकामा १७ हजार ४९४, पकाहामैनपुर गाउँपालिकामा २२ हजार ९५७, धोबिनी गाउँपालिकामा २२ हजार ७४६ तथा छिपहरमाई गाउँपालिकामा २६ हजार ७४२ जनसङ्ख्या छ ।यसैगरी, पटेर्वासुगौली गाउँपालिकामा २५ हजार ५०८, जगरनाथपुर गाउँपालिकामा ३२ हजार सात, बिन्ध्यवासिनी गाउँपालिकामा २४ हजार ४६६, जीराभवानी गाउँपालिकामा २२ हजार ६०२, सखुवाप्रसौनी गाउँपालिकामा ३५ हजार ७१२, पोखरिया नगरपालिकामा ३८ हजार ९८५, पर्सागढी नगरपालिकामा ४१ हजार ४७७ तथा बहुदरमाई नगरपालिकाको ४३ हजार ७८० जनसङ्ख्या छ ।

 


Thali Mobile Pvt.Ltd.