File Photo
कञ्चनपुर । प्रहरीले पहिलो पटक सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ । सेवाग्राहीलाई जवाफदेही र पारदर्शी बनाउन शुरुआती चरणमा ६ वटा गोप्रो क्यामेरा प्रयोगमा ल्याइएको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
सवारीसाधन जाँचका क्रममा कुनै खाले विवाद सिर्जना भइहाले पनि यसले प्रमाण राख्न सहज हुने भन्दै प्रहरीको प्रविधिमाथि पनि पहुँच बढ्ने बताए । महेन्द्रनगर र आसपासका क्षेत्रमा थालिएको उक्त गोप्रो क्यामेराको प्रयोग जिल्लाभरका युनिटसम्म पु¥याउने योजना रहेको उनको भनाई छ ।
