पाल्पाकाे रिब्दिकोट गाउँपालिका–२ लगुवामा भएको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पाकाे रिब्दिकोट गाउँपालिका–२ लगुवामा भएको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पा । बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोटमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आइतबार पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान जानुनका साथै दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

जिल्लाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा भएको दुर्घटनाको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गाडीमा २२ जना रहेका भनिए पनि पछि बाटोमा पनि मानिस चढेका हुन सक्ने भएकाले यकिन तथ्याङ्क नखुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.