भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

पुल नबन्दा शुल्क तिरेर मोटरसाइकल तानुपर्ने बाध्यता

पुल नबन्दा शुल्क तिरेर मोटरसाइकल तानुपर्ने बाध्यता

खोटाङ, । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ । सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरवाहीले सम्पन्न नहुँदा जिल्लाबाट पूर्वी तराईका विभिन्न जिल्ला आवतजावत गर्न प्रयोग गरिने मोटरसाइकल उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुलीखोलामा शुल्क तिरेर तार्नुपर्ने बाध्य बनेको हो ।

राँकुलीखोलामा हिउँदको समयमा पानी सुके पनि वर्षात्को समयमा भने भलबाढी उर्लिने गरेका कारण मोटरसाइकल तार्ने क्रममा स्थानीय युवालाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका वडाध्यक्ष किरण राईले बताए । खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिकालगायत जिल्ला अधिकांश स्थानीय तहका स्थानीय बासिन्दालाई वर्षात्को समयमा उदयपुर हुँदै पूर्वी तराईका विभिन्न सहर आवतजावत गर्दा राँकुलीखोला तर्नुपर्ने हुन्छ ।

राँकुलीखोलामा वर्षात्को समयमा मोटरसाइकल तार्दा प्रतिगोटा न्यूनतम रु ५०० देखि रु तीन हजार ५०० सम्म शुल्क तिर्नुपर्ने बाध्यता रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका बासिन्दा मिलनचन्द्र राईले बताए । फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा निर्माण सम्पन्न नहुँदा रसुवाघाटको झोलुङ्गे पुल तरेर राँकुलीखोला हुँदै उदयपुरको गाईघाट पुग्नुपर्ने जिल्लावासीको बाध्यता छ ।

निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीको ढिलासुस्तीका कारण दोस्रोपटक थप भएको समय सकिँदासमेत फोक्सिङटारस्थित सुनकोशी नदीस्थित निर्माणाधीन पक्की पुलको भौतिक प्रगति करिब ४८ प्रतिशतमात्र पूरा भएको जनाइएको छ । सो निर्माणाधीन पक्की पुल बनिनसकेसम्म जिल्लावासी राकुँलीखोलामा मोटरसाइकल तार्नका लागि शुल्क तिर्न बाध्य हुने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुँयालले बताए ।

 


Thali Mobile Pvt.Ltd.