भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

पूर्वराजा ज्ञानेन्द्र शाह आज भक्तपुर आउने

पूर्वराजा ज्ञानेन्द्र शाह आज भक्तपुर आउने

भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आज भक्तपुर आउने भएका छन् । दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी र टौमढी टोलस्थित भैरवनाथ मन्दिरको दर्शन गर्न उनी भक्तपुर आउने भएका हुन् ।

पूर्वराजाको स्वागतका लागि राजसंस्थावादी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । उनले पूर्वराजाको ऐतिहासिक एवं सांस्कृतिक नगर भक्तपुरको भ्रमण वर्तमान परिस्थितिमा राजसंस्थाको महत्व र आवश्यकतालाई उजागर गर्ने समेत उल्लेख गरे ।

पूर्वराजाको भक्तपुर भ्रमणमा स्थानीय कला, संस्कृति झल्कने परम्परागत शैलीमा स्वागत, सत्कार गरिने भएको छ । साथै भक्तपुरको सल्लाघारीस्थित होटल ग्रिनल्यान्डमा पूर्वराजासँग देशको समसामयिक विषयमा सर्वसाधारण लगायत सञ्चारकर्मीहरूले अन्तरसंवाद गर्न सक्ने समेत जानकारी प्राप्त भएको छ ।

 


Thali Mobile Pvt.Ltd.