भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न नदिने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै आज बिहान १० बजे नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकु घेराउ गरेका छन् ।

विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने नेपाल आयल निगमका कर्मचारीको राजीनामा समेत माग गरेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुसहितका विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

संयुक्त विद्यार्थी सङ्गठनले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेतालाई पनि दबाब दिने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.