भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

प्रतिनिधि सभा बैठकमा संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव हुने

प्रतिनिधि सभा बैठकमा संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको हो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठनका लागि सदस्यहरूको नामावलीसहितको प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावको समर्थन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बुधबारको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका लागि सदनमा प्रस्ताव गर्ने, उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने तथा विधेयक पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार बुधबारको बैठकमा सभामुखले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने समेत कार्यसूची छ ।

 


Thali Mobile Pvt.Ltd.