भर्खरै : Sorry, your browser does not support inline SVG.

प्रतिनिधि सभा बैठकमा संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव हुने

प्रतिनिधि सभा बैठकमा संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको हो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठनका लागि सदस्यहरूको नामावलीसहितको प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावको समर्थन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बुधबारको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका लागि सदनमा प्रस्ताव गर्ने, उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने तथा विधेयक पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार बुधबारको बैठकमा सभामुखले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने समेत कार्यसूची छ ।

 


Thali Mobile Pvt.Ltd.