काठमाडौं । मन्त्रिपरिषद बैठक बोलाएका प्रधानमन्त्रीले शीलत निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् ।
ओलीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी दिउका छन् । मिर्गौला प्रत्यारोपण पछि राष्ट्रपतिसँग पहिलो भेट गरेका प्रधानमन्त्री ओलीले सरकारले कोरोना संक्रमणविरुद्ध गरेको तयारी बारे करीव दुई घण्टा लामो भेट गरेको सचिवालयले बताएको छ ।
देशको पछिल्लो अवस्था, सरकारका काम र नेकपाभित्रको विवाद बारे पनि छलफलमा चर्चा भएको स्रोतको दावी छ । केहि समय पहिले नेकपा अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालले पनि भेट गरेका थिए ।