भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बक्यौता तिर्नु पशुपति क्षेत्र विकास कोषको आग्रह

बक्यौता तिर्नु पशुपति क्षेत्र विकास कोषको आग्रह

काठमाण्डौ । मङ्लवारसम्म बक्यौता बुझाउन पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । पशुपति क्षेत्र विकास कोषको देवउद्यान, गौशालाले तिर्नुपर्ने बाँकी बक्यौता मंगलबारसम्म तिर्न आग्रह गरेको हो ।

पटक पटकको टेलिफोन सम्पर्कबाट ताकेता गर्दा केही सञ्चालक व्यक्ति र फर्म र संस्थाले आंशिक रकम कोषको बैंक खातामा दाखिला गरी कोषको कोष तथा आय लेखा व्यवस्थापन शाखामा भौचर बुझाएको र त्यसमा पनि कतिपयले आंशिक मात्रै र कतिपयले नबुझाएको पाइएकोले भदौ १२ गते कार्यालय समयभित्र बाँकी बक्यौता बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

कोषले सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन अनुरोध गरेको हो । कोषको साउन एक गतेको निर्णयबाट गठित बाँकी बक्यौता असुली कार्य टोलीले स्थलगत रूपमा अनुगमन गरी कोष अन्तर्गत रहेका पसलकवल, पार्किङहरूको बक्यौता रकम कार्यालयमा दाखिला गर्न भनेको छ ।

म्यादभित्र बाँकी बक्यौता नबुझाउनेलाई बक्यौता असुली कार्य टोलीको सिफारिस अनुसार कानुनी प्रकृया अनुसार कालोसूचीमा राखेर सम्बन्धित व्यक्तिरसंस्थारफर्मरकम्पनीको बैंक खाता समेत रोक्का राख्न सिफारिस गरी सरकारी बाँकी सरह असुल उपरको कारबाही गरिने चेतावनी दिएको छ ।

कोषले पत्राचार गरेको र कारणबस पत्र नपाएको भए सूचनालाई नै आधार मानेर तोकिएको समयसीमाभित्र आफूले तिर्न बुझाउन बाँकी रकम बुझाउन जानकारी गराएको छ ।

 


Thali Mobile Pvt.Ltd.