बञ्चरो प्रहार गरी काभ्रेमा बुहारीको हत्या

बञ्चरो प्रहार गरी काभ्रेमा बुहारीको हत्या

काभ्रे । प्रहरीले काभ्रेमा बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा जेठाजुलाई पक्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई घरयासी विवादमा बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

३५ वर्षीया रन्जना तिमल्सिना ९अधिकारी०लाई धारिलो हतियार प्रहार गरी जेठाजु सुदर्शन अधिकारीले हत्या गरेको आरोप छ । प्रहरीका अनुसार, सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेको बेला रञ्जनालाई पछाडिबाट बन्चरो प्रहार गरेका थिए ।

घरायसी झै–झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवीराज पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.