भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

बलात्कार आरोपमा युवक पक्राउ

बलात्कार आरोपमा युवक पक्राउ

दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका –७ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका– ५ बसपार्क बस्ने २२ वर्षीय अर्जुन थापा छन्।

एक जना १६ बर्षीया बालिकालाई ललाई फकाई ‘होटेल गेष्ट हाउसमा’ पुर्‍याएर बलात्कार गरेको अभियोगमा थापा पक्राउ परेका हुन्।चैत १९ गते राति ९ बजेतिर ती बालिकामाथि बलात्कार पछि थापा होटेलबाट भागेका थिए। पीडितको जाहेरीका आधारमा आरोपित थापाको खोजी सुरु भएको थियो।

दाङबाट भागेर सल्यानको शारदा नगरपालिका – ७ कुरलमा लुकिछिपी बसेको अवस्थामा थापालाई पक्राउ गरिएको थियो।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले घटनाबारे थप अनुसन्धान हुने बताए। रासस

 


Thali Mobile Pvt.Ltd.