भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

बहुप्रतिक्षित फिफा वर्ल्ड कप २०२२ मा नेपालीको पनि प्रदर्शनी स्टल रहने

बहुप्रतिक्षित फिफा वर्ल्ड कप २०२२ मा नेपालीको पनि प्रदर्शनी स्टल रहने

काठमाडौं । आगामी २० नोभेमबरदेखि १८ डिसेम्बर २०२२ सम्म आयोजना हुने बहुप्रतिक्षित फिफा वर्ल्ड कप २०२२ लाई सफल बनाउन कतारको इस्लामिक म्युजियम पार्कमा नेपाली समुदायले पनि कार्यक्रम गर्न पाउने भएका छन् ।

विश्वभरिबाट फिफा वर्ल्ड कप प्रतियोगिता हेर्न आउने दर्शकहरूको मनोरञ्जनका लागि कतार सरकारको विभिन्न निकायद्वारा गरिने वर्ल्ड कप विशेष कार्यक्रम अन्तर्गत एमआईए पार्कमा फिफा वर्ल्ड कप अवधिभर कतारस्थित नेपाली लगायत अन्य आप्रवासी समुदायहरुको विशेष प्रस्तुति रहने एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए । बु

धबार नेपाली दूतावासका द्वितीय सचिव प्रविण भट्टराई र नेपाली समुदायको तर्फबाट एनआरएनए कतारले एमआईएका डेप्युटी डाईरेक्टेर सालेम अब्दुल्ला एम अल अवादसँग अन्तिम बैठक सम्पन्न गरेको अध्यक्ष मुसलमानले बताए । उक्त क्षेत्रमा नेपाली राष्ट्रिय झन्डा फहराउँदै नेपाली समुदायको एउटा प्रदर्शनी स्टल रहने उनको भनाइ छ ।

आप्रवासी समुदायको लागि तयार पारिएको स्टेजमा नेपाली समुदायको विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ । २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक सहभागि हुने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.