बाटो निर्माणकै क्रममा पहिरो जादा एक जनाको मृत्यु

बाटो निर्माणकै क्रममा पहिरो जादा एक जनाको मृत्यु

भक्तपुर ।  बाटो निर्माणको क्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ छाँयाबस्तीमा पहिरो जादा एक जनाको मृत्यु भएको छ । आइतबार जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ५ छाँयाबस्ती स्थित माथिल्लो मगरचोक देखी बर्दानेश्वर महादेवसम्म जाने बाटो निर्माण गर्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा एक जनाको मृत्यु भएको हो ।

सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका वडा नं. ४ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छाँयाबस्ती बस्ने वर्ष ३५ का निमा योञ्जनको भक्तपुर अस्पतालमा उपचारकै क्रममा निधन भएको भक्तपुर प्रहरीले जनाएको छ ।  घटनामा बाटो निर्माण गर्ने क्रममा पहिरो जादा बाटो निर्माण गरिरका अन्य २ जना मजदुरहरु पनि घाईते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.