२६ असार २०७७ काठमाडौं । बाढी र पहिरोपीडितप्रति सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सरकारको बेलैमा चेत खुलोस् भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रभावकारी भूमिकाको माग गरेका छन् ।
सन्त्रासका बीच बाढीपहिरोको सामना गर्नुपरेको भन्दै नागरिकको जीवन रक्षामा सरकारको भूमिका प्रति प्रश्न उठाएका हुन । बाढीपहिरोमा परेकाको छिटो उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गर्दै देउवाले बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति हुन नदिन सरकारको ध्यानाकर्षण गराए ।
मुलुक कोरोना कहरको पीडामा रहेको वेला फेरि अर्को प्राकृतिक विपत् बाढी, पहिरोको समेत सामना गर्नुपरेको उनको भनाईछ ।
