भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुर अस्पतालकी मे.सु. डा. सुमित्रा गौतम विभुषित

भक्तपुर अस्पतालकी मे.सु. डा. सुमित्रा गौतम विभुषित

काठमाडौं । भक्तपुर अस्पतालकी मे.सु. डा.सुमित्रा गौतम यस वर्ष प्रबल जनसेवा श्री चौथो मानपदवीबाट विभुषित भएकी छन् । नेपाल सरकारले संबिधान दिवसको अवसरमा प्रवल श्री जनसेवा चौथो मानपदवीबाट डा. गौतमलाई विभूषित गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य क्षेत्रबाट परिवर्तनमा महत्वपूर्ण योगदान  पुर्याएको भन्दै सरकारले गौतमलाई विभुषित गरेको हो । गौतमले विभिन्न जिल्लामा जनताको पक्षमा कार्यसम्पादन गरेको भन्दै २०७४ मा सरकारले स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको थियो ।Dr Sumitra gautam

गौतम २०७० सालको गोल्ड मेडालिस्ट पनि हुन । उनी २०७० सालमा एमडी गर्दा गोल्ड मेडालिस्ट बन्न सफल भएकी थिइन । स्वास्थ्य क्षेत्रमा गौतमले पुर्याएको उत्कृष्ट सेवालाई सरकारले सम्मान गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.