भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

केहि ठाँउमा बम विष्फाेट, भक्तपुरमा भने शान्तिपूर्ण मतदान

केहि ठाँउमा बम विष्फाेट, भक्तपुरमा भने शान्तिपूर्ण मतदान

भक्तपुर । प्रदेशसभा सदस्य भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क)मा उपनिर्वाचन भइरहेको छ । शनिबार विहानै देखि उपनिर्वाचनका लागि सर्वसाधरणले मतदान गरिरहेका छन् । भक्तपुर क्षेत्र नम्वर १ (क)चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १० मा उपनिर्वाचन को मतदान भैरहेको छ ।

यस निर्वाचन क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले यस क्षेत्रमा २२ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानाएको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि जारी मतदान एकाध स्थानबाहेकमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । बिहान साढे ११ बजेसम्म करिब २५ प्रतिशतभन्दा बढी मत खसेको बेला पोखरा र डोटीमा बम विस्फोटका घटना भए पनि मतदान प्रभावित नभएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

कास्की र डोटीमा बम भेटिएकाे छ भने पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीयले बताएका छन् । खुला स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट भने जोगिएको छ ।

कास्की–२ मा हस्ताक्षर नगरिएको मतपत्रले गलफती परेको छ । पोखरा महानगरपालिका–३३, बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएपछि विवाद भएको हो । विवादका कारण केहीबेर मतदान स्थगित भए पनि सर्वदलीय बैठकपछि सञ्चालनमा ल्याइएको निर्वाचन कार्यालय कास्कीले जानकारी दिएकाे छ ।

त्यस्तै, डोटीको आदर्श गाउँपालिका–२ को कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको छ । आदर्श गाउँपालिका २ को निर्वाचनलाई लक्ष्य गरेर राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बम डिस्पोजपछि अहिले यहाँ शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.