काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा स्वतन्त्र उम्मेद्वारले जितेका थिए ।
शनिबार सम्पन्न उपचुनावमा नेकपाका जनकबहादुर बुढामगर विजयी भएका हुन । कुल मतदाता १२८४ मध्य उनले १७४ मत प्राप्त गरी विजय बनेका हुन। बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत मात्र प्राप्त गरेका थिए।
