भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘एक इन्च भूमि पनि मिचिन दिन्नाैं’

‘एक इन्च भूमि पनि मिचिन दिन्नाैं’

काठमाडौं । देशभरी सीमा अतिक्रमणको विरोध भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले एक इन्च भूमि पनि मिचिन नदिने बताएका छन् । नेपालको भूमि कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र आफ्नो नक्सामा समेटेर भारतले हालै सार्वजनिक गरेको नयाँ नक्साबारे विरोध भइरहेका वेला प्रधानमन्त्री ओलीले पहिलोपटक यसवारे सार्वजनिक प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार कूटनीतिक पहलबाट भारतसँगको सीमा समस्या सुल्झाउन लागेको बताए । नेपाल–भारत सीमा विवाद पुरानै भएको दावी समेत गर्दै भारतले नक्सा सच्याएर मात्र नहुने बताए । मिचिएको नेपाली भूमि फिर्ता गर्नुपर्छ भन्दै प्रधानमन्त्री ओलीले नाकाबन्दीको समयमा भारतसँग आफू नझुकेको स्मरण गरे ।

भारतीय अतिक्रमणविरुद्ध देश एक ढिक्का हुनु सकारात्मक भएको भन्दै उनले भने, सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिन दिँदैन । आफ्नो भूमि अरू कसैलाई दिँदैनौँ, अरूको पनि अतिक्रमण गर्दैनौँ भने। हाम्रो भूमिबाट छिमेकी मुलुकले आफ्ना सेना फिर्ता लैजाओस् । यो हामीले आग्रहपूर्वक भनेका छौँ । शान्ति स्थापनाका लागि विश्वमा हामीले शान्ति सेना पठाइरहेका छौँ । यसमा हामीले बहादुरी कमाएका छौँ । हामी शान्तिको पक्षमा छौँ । छिमेकीसँग किञ्चित तनाव नहोस् भन्ने पक्षमा हामी छौँ । संवादको माध्यमबाट समस्या समाधान गर्न चाहन्छौँ ।

 


Thali Mobile Pvt.Ltd.