भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भोली र पर्सि कलंकी, कोटेश्वर हुँदै भक्तपुर जगातीसम्मको मुख्य सडक खण्ड बन्द हुने

भोली र पर्सि कलंकी, कोटेश्वर हुँदै भक्तपुर जगातीसम्मको मुख्य सडक खण्ड बन्द हुने

काठमाडौँ । दुई दिन कलंकीदेखि कोटेश्वर हुँदै भक्तपुरको जगातीसम्मको मुख्य सडक खण्ड बन्द हुने भएको छ । १३औं दक्षिण एसियाली खेलकुदमा साइक्लिङ हुने भएकोले सवारी चलाउन रोक लगाएको हो । ट्राफिक प्रहरीले शुक्रबार र सनिबार  साइक्लिङकालागि मुख्य लेनमा सवारी चलाउन रोक लगाइएको भन्दै मुख्य लेनको दायाँबायाँको सर्भिस लेनमा भने सवारी चलाउन सकिनेछ ।

शुक्रबार र शनिबार बिहान ११ देखि ४ बजेसम्म उक्त सडकखण्डको मुख्य लेनमा सवारी चलाउन नपाइने ट्राफिक प्रहरी ले जनाएको छ । कोटेश्वरबाट जगातीतर्फ जाने सम्पूर्ण सवारीसाधन जडीबुटी चोकबाट पेप्सीकोला हुँदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्याम्हासिंह हुँदै जानुपर्ने ट्राफिक प्रहरीले सूचित गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.