१३ बैशाख २०७७ काठमाडौँ । गोकर्नेश्वोर नगरपालिकाका १ देखि ९ वटै वडामा रहेका मजदुर तथा बिपन्न परिवारका लागि किड्स सांग्रिला होमले खाधान्न वितरण गरेको छ ।
लकडाउनका बेला मजदुर तथा विपन्न परिवारमा खानाको समस्या उत्पन्न भएपछि गोकर्नेश्वोर नगरपालिका वडा नं ४ मा अबस्थित किड्स सांग्रिला होमले उत्त खाधान्न वितरण गरेको हो । भोको पेटलाई केहि हद सम्म भएपनि राहत पुगोस भन्ने उदेश्यले वडा वडामा पुगेर राहत वितरण गरेको कोषाध्यक्ष अरुण कुमार कार्की र कार्यक्रम संयोजक दिनेश भण्डारी लगायतको टिमले बताएको छ ।
अध्यक्ष वद्री अधिकारी लगायतको टिमले उत्पन्न समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहयोगका लागि गोकर्णेश्वर नगरपालिका र नगरका वडा अध्यक्षहरुले किड्स सांग्रिला होम परिवारलाई धन्यबाद दिएका छन् ।
राहत वितरणमा किड्स होमले प्रत्यक वडामा चामाल ५० बोरा, दाल ५ बोरा, तेल ७० लिटर, आलु २ बोरा, प्याज १ बोरा, बेसार ३ किलो, धुलो खुर्शानी ३ किलो, जिरा ३ किलो, मसला ३० प्याकेट, ग्यास १० सिलिन्डर, नुन १ बोरा, मस्यौरा २ बोराका दरले वितरण गरेको कोषाध्यक्ष अरुण कार्की बताए ।