काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक अब मंगलबार मात्रै बस्ने भएको छ । हप्ताको दुई दिन बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठक अब एक दिनमात्रै बस्ने भएको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो भने यसलाई परिवर्तन गरेर हप्ताको एकदिन मात्रै बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आवश्यक परेमा जुनसुकै बार पनि मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।