भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

माओवादी केन्द्रले विश्वासको मत नदिने

माओवादी केन्द्रले विश्वासको मत नदिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।बिहीबार बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा माओवादीले सो निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पत्राचार गरेका छन् ।

तर, यही बेला बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.