भर्खरै : Sorry, your browser does not support inline SVG.
सिद्धबाबा नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध | युएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन | मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान |

माल पाएर के गर्नु चाल पाएपो, १८ डायलायसिस मेसिन अलपत्र

माल पाएर के गर्नु चाल पाएपो, १८ डायलायसिस मेसिन अलपत्र

दाङ । प्राविधिक नहुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङ पठाएका १८ डायलायसिस मेसिन अलपत्र परेका छन् । साउन १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाइएका हुन् ।

तर जडानको काम अघि नबढेका कारण विरामी अन्यत्रै गएर उपचार गराउँन बाध्य छन् । जडान गर्ने प्राविधिक नहुँदा समस्या भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताइन् । मेसिन आएपनि अन्य सामग्री नआएको उनको भनाइ छ ।

अहिले राप्ती प्रादेशिक अस्पतालमा पाँच डायलायसिस मेसिन छन् जसबाट २३ जनाले सेवा लिइरहेका छन् । थप आठ मेसिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने छन् । त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच मेसिन छन् ।

अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेका छन् । १० मेसिन थपिएसँगै यस क्षेत्रका धेरै बिरामीले सेवा पाउने सूचना अधिकारी निशान भट्टराईले बताए । अहिले दुई चरणमा मात्रै सेवा दिने गरिएको छ ।

चौबीसै घण्टा सेवा दिन सकिने अवस्था भएपनि अहिले करिब ४० बिरामी उपचारको प्रतीक्षामा बसेका छन् । उनीहरूलाई सेवा दिन सकिने अवस्था छ ।

 


Thali Mobile Pvt.Ltd.