भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

मुगुमा कार्यालय प्रमुखलाई पूर्वसांसद र वडाध्यक्षले कुटे

मुगुमा कार्यालय प्रमुखलाई पूर्वसांसद र वडाध्यक्षले कुटे

मुगु । पुर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई दत्त बुढथापामाथि हातपात भएको छ । नेकपा एमालेका नेता कर्णाली प्रदेश सभाका निवर्तमान सदस्य दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका–६ का वडा अध्यक्ष खेम बहादुर रावलले उनीमाथि हातपात गरेका हुन ।

चालु आर्थिक वर्ष २०७९ र ८०को प्रदेश सांसद विकास कोष मार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेट अनुसारको काम नभएको र रकम भुक्तानी पूरादिन दबाब दिएको र उक्त कुरा अस्वीकार गर्दा आफू माथि कार्यालय भित्र हातपात गरेको र कार्यालय तोडफोड गरेको प्रमुख बुढथापाको भनाइ रहेको छ ।

शनिबार साँझ ६ बजेतिर योजनाको विषयलाई लिएर विवाद हुदाँ निवर्तमान सांसद परियार र छायाँनाथ रारा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर रावलले पुर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख बुढथापालाई हातपात गरेका थिए ।

हातपातपछि नि वर्तमान सासंद परियार र वडा अध्यक्ष रावललाई प्रहरीले नियन्त्रण लिएको छ। उनिहरुलाई सोधपुधका लागि जिल्ला प्रहरी कार्यालय मुगुमा राखिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.