भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

मेलम्चीको फाइल अख्तियारमा

मेलम्चीको फाइल अख्तियारमा

१५ श्रावण २०७७ काठमाडौँ । मेलम्चीको सुरुङ फुटेको विषयमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन खानेपानी मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । अख्तियारले मागेको विवरणसहितको प्रतिवेदन पठाएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए ।

असार २१ गते परीक्षणका लागि सुरुङमा पठाएको पानी सिन्धुपाल्चोकको हेलम्बुस्थित फ्लसिङ अडिटको ढोका फुटेर बाहिर आएपछि चार जना कर्मचारीलाई बगाएको थियो । बगाएका मध्ये एक जना इन्जिनियरको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । दुई जनाको उपचार भइरहेको छ । मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजनमा गठन गरेको समितिले प्रतिवेदन बुझाएको भोलिपल्टै अख्तियारलाई पठाइएको हो ।

प्रतिवेदनमा प्राविधिक त्रुटि मात्र होइन, ढोका र नटबोल्टको गुणस्तरमाथि पनि प्रश्न उठाइएको छ । प्राविधिक पक्षमाथि ख्याल नगरिएकाले दुर्घटना भएको देखिएको छ । निर्माण व्यवसायी र आयोजनाबीच पर्याप्त छलफल नभएको निष्कर्ष प्रतिवेदनले समेटेको छ । ढोकाको जडान, निर्माण र डिजाइनको जिम्मेवारी भारतीय कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडले लिएको थियो ।

आयोजनाको परामर्शदाता भने स्पेनको इप्टिसा बेट्स जेभी कम्पनी रहेको छ । सुरुङ निर्माण गर्दागर्दै एकतर्फी रूपमा काम छाडेर गएको इटालियन निर्माण व्यवसायी सीएमसीडी राभेन्नाले सब–कन्ट्र्याक्टरका रूपमा आएको प्रेसिजन इन्फ्राटेकले पनि घटना छानबिन गरिरहेको छ । घटना भएलगत्तै आयोजनाको संरचनाको गुणस्तरमाथि प्रश्न उठाएर अख्तियारमा उजुरी परेको थियो । मन्त्रालयले उजुरी सम्बन्धित राय र प्रतिवेदन पठाएको हो ।

 


Thali Mobile Pvt.Ltd.