भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

युरोपेली आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउँदै

युरोपेली आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउँदै

काठमाडौं । युरोपेली आयुक्त जुट्टा उर्पिलाइनेन नेपाली नेताहरूसँग भेटघाट गर्न एक दिवसीय भ्रमणका लागि नेपाल आउँदै छन् ।

अन्तर्राष्ट्रिय साझेदारीका लागि आउन लागेकी उनी युरोपेली संघका विभिन्न कामको अनुगमन समेत गर्ने बताइएको छ ।

नेपालले सन् २०२६ मा अल्पविकसित देश (एलडीसी) स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको बेला कमिस्नर उर्पिलाइनेनको भ्रमण एउटा महत्वपूर्ण समयमा हुन लागेको हो ।

हालैको बहुवार्षिक सांकेतिक कार्यक्रम (एमआईपी) मार्फत नेपालसँग युरोपेली संघको बलियो र अटल संलग्नतालाई पुनः पुष्टि गर्ने अवसर हो ।

उर्पिलाइनेनले प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री पौडेलसँग द्विपक्षीय छलफल गर्ने र युरोपेली संघका विभिन्न बहुक्षेत्रीय पोषण कार्यक्रम (ईयू, जर्मनी र युनिसेफको सहयोगमा) प्रति ईयूको प्रतिबद्धता नवीकरण गर्नेछिन् ।

यस कार्यक्रमले नेपालभर मातृ, किशोरी र बालपोषण सुधार गर्न जारी राख्ने ईयूको विश्वास छ।

 


Thali Mobile Pvt.Ltd.