भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

यौन तथा प्रजनन स्वास्थ्य अधिकारका ‘विशेषज्ञ कार्य समूह’ गठन

यौन तथा प्रजनन स्वास्थ्य अधिकारका ‘विशेषज्ञ कार्य समूह’ गठन

काठमाडौँ, । नेपाल परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवी गर्न ‘विशेषज्ञ कार्य समूह’थिङ्क ट्याङ्क गठन गरेको छ । समूहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारका क्षेत्रका कार्यरत विभिन्न सङ्घ–संस्था तथा विशेषज्ञ गरी १७ जनाको सहभागिता छ । समूहले ती समुदायका विशेष मुद्दाको पहिचान गरी निरन्तर पैरवी गर्नेछ ।

समूहको आजको पहिलो बैठकमा सङ्घका व्यवस्थापक डा. नरेशप्रताप केसीले विशेष गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि ‘हर्मनन क्लिनिक’ सेवा सञ्चालन गर्ने प्रयास गरिएको जानकारी दिए । यसले विशेष गरी ‘हर्मोन चेन्ज’ गर्नेका लागि सहयोग पुग्ने बताइएको छ । यो सेवा नेपालमा उपलब्ध नरहेको बताइएको छ । उनले भने, “सङ्घले लामो समयदेखि यौन तथा प्रजनन अधिकारका क्षेत्रमा निरन्तर पैरवी गर्दै आएको छ ।

यही क्रममा विशेष गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका यौन तथा प्रजनन अधिकारका लागि पैरवी गर्न विज्ञ समूह गठन गरिएको हो । ” सङ्घले सुरक्षित गर्भपतन सेवाका लागि नीति, ऐन तथा नियमावली जारी गर्न अनवतर पैरवी गरेको थियो ।

सो समूहले छिट्टै राष्ट्रिय कार्यशाला आयोजना गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका समस्या तथा मुद्दालाई पहिचान गरी पैरवीका लागि रणनीति समेत तयार गर्ने जनाइएको छ । आजको बैठकमा सहभागीले समलिङ्गी विवाह, पहिचान तथा नागरिकताका मुद्दालाई विशेषरुपमा उठान गरेका सङ्घका वरिष्ठ पैरवी अधिकृत जमुना सिटौलाले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.