भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

राकममा सय शैयाको अस्पताल बन्ने भएपछि आठबीस नगरवासी हर्षित

राकममा सय शैयाको अस्पताल बन्ने भएपछि आठबीस नगरवासी हर्षित

राकम । दैलेख जिल्लाको विकट क्षेत्र आठबीस नगरपालिकाको राकम कर्णालीमा एक सय शैयाको अस्पताल निर्माण गरिने भएको छ । शनिबार एक भव्य कार्यक्रमका बीच अस्पताल निर्माण र सञ्चालनका लागि आठबीस नगपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबीच सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ ।

ट्रमा सेन्टरको अस्पताल निर्माण गर्नका लागि आठबीस नगरपालिका प्रमुख खड्गराज उपाध्याय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक धर्मराज गोसाईले हस्ताक्षर गरेको सम्झाता पत्रमा विभिन्न १३ ओटा शर्तहरु उल्लेख गरिएको छ ।नगरवासीको सेवा सुविधालाई ध्यानमा राखेर सर्वसुलभ विशेषज्ञ सेवाहरु उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता भएको नगर प्रमुख खड्गराज उपाध्यायले कैलाश खबर डटकमलाई बताए ।

राकममा अस्पताल निर्माण भई सञ्चालनमा आएपछि अछाम, दैलेख, कालिकोट, जाजरकोट, जुम्लाको तल्लो बेल्टका नागरिक प्रत्यक्ष लाभान्वित हुने छन् । अस्पताल निर्माणका लागि राकम कर्णालीमै १०५ रोपनी सार्वजनिक जग्गा पासका लागि प्रक्रिया अघि बढीसकेको छ ।

नगर स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाको सक्रियतामा सम्पन्न सम्झौताले निकट भविष्यमै अस्पताल निर्माण गरिने जनाईएको छ । कर्णाली राजमार्ग मृत्यूमार्गको रुपमा परिचित भएकाले यहाँ दुर्घटना हुदा चिकित्सकीय सेवा नपाउदा नेपालगञ्ज सुर्खेत जादा जादै मृत्युवरण भोग्नु पर्ने बाध्यता हड्ने आठबीस नगरपालिका उप–प्रमुख दिपा बोहोराले बताईन्।

नेकपा, नेपाली काग्रेस, नेपाल मजदुर किसान पार्टीलगायत राजनैतिक दलका प्रतिनिधि, वुद्धिजीवि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसी डा. राजेन्द्र वाग्ले, डा. कृपाराम विश्वकर्मा, जनप्रतिनिधि लगायतको सहभागितामा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । स्वास्थ्य सेवाबाट पछाडि परेकाे यस क्षेत्रमा अस्पताल स्थापना भएपछि नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिएकाे जनप्रतिनिधिले बताएका छन् ।
सम्झौता पत्र

 


Thali Mobile Pvt.Ltd.