रास्वपाको टोलीले किन भेट्याे सूर्यविनायक नगरपालिकाका प्रमुखलाई

रास्वपाको टोलीले किन भेट्याे सूर्यविनायक नगरपालिकाका प्रमुखलाई

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुखसँंग शुक्रबार भेटघाट गरी परिचयात्मक कार्यक्रम गरेको छ । भेटमा आफूहरु देशकै चौथौं ठूलो दल भएकोले नगरपालिकाको हरेक नगर बैठकमा प्रतिनिधित्व पाउनुपर्ने माग राखेको छ । राष्टिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समितिले शुक्रबार सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले भेटी सूर्यविनायक नगरपालिकाको बैठकमा आफुहरुले पनि प्रतिनिधित्व पाउनुपर्ने माग गरेको हो ।रास्वपाको टोलीले किन भेट्याे सूर्यविनायक नगरपालिकाका प्रमुखलाई

यसअघि पनि राष्टिय स्वतन्त्र पार्टीले जिल्लाका विभिन्न नगरपालिकाहरुमा प्रतिनिधित्वको माग गर्दै आएको छ ।  भेटघाटमा पार्टीका सूर्यविनायक नगर समिति अध्यक्ष मनोज केसीले समसामयिक विषयमा मेयर थापाको ध्यानाकर्षण गराए । केसीले आफूहरुसँंग पनि सल्लाह गरेर मात्रै अगाडि वढ्न सुझाब दिंदै नगरका विभिन्न बेथितिहरुबारे जानकारी गराए ।
रास्वपाको टोलीले किन भेट्याे सूर्यविनायक नगरपालिकाका प्रमुखलाई
उनले नगरपालिकाले दिने कृषि अनुदान धेरै कृषकहरुले नपाएको, दिएको कृषि अनुदान नक्कली दिएर नगरपालिकाले भ्रष्टाचार गरेको आरोप लगाए । त्यस्तै नगरपालिकाको मापदण्डविपरित भएको विषयमा पनि ध्यानाकर्षण गराइयो । भेटघाटमा पार्टीका नगर सदस्य रामकृष्ण देउजा, जनक कार्की, सुसान्त डोटेल, अनिल खागीलगायतका नेताहरुले नगरको योजनालगायतका विषयमा नगर प्रमुखको ध्यानाकर्षण गराए ।  भेटमा नगर प्रमुख थापाले यो वर्षको बजेटबाट नगरमा धेरै विकास निर्माणका कामहरु भइरहेको जानकारी गराए । यो वर्षभित्र नै अपुरा धेरै विकास निर्माणका कामहरु सम्पन्न हुने जानकारी उनले टोलीलाई गराए । रास्वपाको टोलीले किन भेट्याे सूर्यविनायक नगरपालिकाका प्रमुखलाई
स्वतन्त्र पार्टीको जिल्ला समिति यसअघि नै गठन भइसकेको छ । साथै चार वटा नगरपालिका रहेको भक्तपुरमा तीन वटा नगरपालिकाहरुमा नगर समिति गठन भइसकेको छ । सूर्यविनायक, चाँंगुनारायण र मध्यपुर थिमि नगर समिति गठन गरेको हो । बाँंकी भक्तपुर नगर समिति पनि छिटै नै गठन गर्ने योजना रहेको जनाइएको छ । साथै नगर समिति गठन भएका नगरहरुमा वडा समिति गठनको कामहरु पनि धमाधम भइरहेको जनाएको छ । 

 


Thali Mobile Pvt.Ltd.