भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

लक्ष्य भन्दा दोब्बर राजस्व सङ्कलन

लक्ष्य भन्दा दोब्बर राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले लक्ष्य भन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष ०८०–०८१ को भाद्र महिनामा राखेको लक्ष्यको एक सय नौ दशमलब चार आठ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

चालु आर्थिक बर्षको भाद्र महिनामा कार्यालयले दुई अर्ब ६ करोड ९४ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद पाठकले बताए ।

भाद्र महिनामा ९८ करोड ७९ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष राखेकोमा लक्षको तुलनामा एक अर्ब आठ करोड १५ लाख ६१ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको हो ।

यसैगरी कार्यालयले साउन महिनामा ७९ करोड ८० लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष राखेकोमा लक्षको तुलनामा २४ करोड १५ लाख ३३ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको थियो ।

रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ११ अर्ब ९४ करोड २३ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । साना–ठूला सबै प्रकारका सवारी साधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक,

जुत्ता चप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्री जस्ता विविध सामग्रीहरुको निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तःशुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.