भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

विद्यार्थी भर्ना वैशाख १५ गतेसम्म सञ्चालन हुने, भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने

विद्यार्थी भर्ना वैशाख १५ गतेसम्म सञ्चालन हुने, भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने

काठमाण्डौ । विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने सरकारले घोषणा गरेको छ । देशैभर भर्ना प्रक्रिया चलिरहदा विगतमा समयमै पाठ्यपुस्तक नपाएका विद्यार्थीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्नाकै दिन पाठ्यपुस्तक दिने घोषणा गरेको हो ।

सरकारले बैशाख ३ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । यसवर्ष कक्षा ५,८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापि सकेका छन् । कक्षा १ देखि ५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६ देखि १० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेका छन् ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ यस वर्ष विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले १३ वटा निजी मुद्रण संस्थाले कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा पाएका छन् । तराईका जिल्लामा पाठ्यपुस्तक पुर्याउन सजिलो हुने भएकाले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको छ । केन्द्रले एक करोड ५० लाख थान पाठ्यपुस्तक छापेको जनाएको छ ।

निजी मुद्रणले कक्षा १ देखि ५ का एक करोड १८ लाख थान पाठ्यपुस्तक छापेका छन्। विगतका वर्षहरुमा गरिएका प्रयासबाट भर्ना दर उत्साहजनक रहेको भएपनि विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन नसकिएको अवस्थामा भर्ना अभियानलाई थप प्रभावकारी बनाउने शिक्षा मन्त्रालयले जनाएको छ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.