भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

शिक्षक महासंघद्वारा विद्यालय बन्द गरेर आन्दोलनमा लाग्न आह्वान

शिक्षक महासंघद्वारा विद्यालय बन्द गरेर आन्दोलनमा लाग्न आह्वान

काठमाडौं । आन्दोलनका लागि काठमाडौंमा भेला भएका शिक्षकहरुले सामुदायिक विद्यालयको पठन पाठन ठप्प पार्ने भएका छन् । शिक्षक महासंघले नै विद्यालय बन्द गरेर आन्दोलनमा लाग्न आह्वान गरेकाले विहिबारदेखि पठन पाठन ठप्प हुने भएको छ । यता काठमाडौं महानगरपालिकाले भने विद्यालयमा पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानून बमोजिम शिक्षकहरूमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

देशभरका सामुदायिक विद्यालयहरुमा बिहीबारदेखि पठन पाठन ठप्प हुने भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु काठमाडौं आएर बुधबारदेखि नै आन्दोलन सुरु गरिसकेका छन् । बुधबार दिनभर राजधानीमा प्रदर्शन गरेका शिक्षकहरुले बिहीबार पनि प्रदर्शन जारी राख्ने भएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले शिक्षा विधेयकप्रति आफूहरुको पनि असहमति रहेको तर, त्यसो भन्दैमा विद्यालय बन्द गर्न भने नपाइने बताउनु भएको छ ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै मेयर शाहले पनि काठमाडौंमा विद्यालय बन्द गरिए कानून अनुसार कारबाही हुने स्पष्ट पारेका छन् ।  महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बुधबार विज्ञप्ति जारी गर्दै शिक्षकका पेसागत–वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको फरक माग हुँदाहुँदै विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी दिइएको छ । विद्यालय बन्द गर्दा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने पनि महानगरको विज्ञप्तिमा उल्लेख छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.