भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

श्रीलंकामा अप्रील २५ को लागि तय भएको स्थानीय निर्वाचन स्थगित

श्रीलंकामा अप्रील २५ को लागि तय भएको स्थानीय निर्वाचन स्थगित

ऐजेन्सी । आर्थिक संकटका कारण श्रीलंकामा अप्रील २५ मा हुन लागेको स्थानीय निर्वाचन स्थगित भएको छ । यहि अप्रील २५ मा हुन लागेको स्थानीय निर्वाचन आर्थिक संकटका कारण अनिश्चित कालका लागि स्थगित भएको हो ।

यसअघि गत ९ मार्चका लागि तय गरिएको निर्वाचनको मिति २५ अप्रीलका लागि सारिएको थियो । पोस्टल मतदान विधि अनुसार निर्वाचन तय गरेको श्रींलकाका लागि ५ सय मिलियन डलरको आवश्यकता रहेको आयोगले जनाएको छ ।

यद्दपी सरकारले उक्त रकम जुटाउन असमर्थ भएका कारण निर्वाचन स्थगित गरिएको बुझिएको छ । श्रीलंकामा ४ वर्षका लागि ३ सय ४० स्थानीय परिषदका नयाँ सदस्य नियुक्ति गर्नुपर्ने प्रावधान रहेको छ ।

गत वर्षदेखि आर्थिक मन्दी झेलिरहेको श्रीलंकामा मतपत्र छाप्नका लागि समेत रकम अभाव भएका कारण निर्वाचन स्थगित गरिएको जनाइएको छ । श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणाबर्धनेले निर्वाचन आयोग र राजनैतिक दलका नेतासँगको गहन छलफलपछि अनिश्चित कालका लागि निर्वाचन स्थगित गर्ने घोषणा गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.