भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

संसदमा हंगामा : रूकुममा घटाइएकाे जघन्य अपराधका दाेषीलाइ कडा कारबाही गर्न साँसदहरूकाे माग (LIVE)

संसदमा हंगामा : रूकुममा घटाइएकाे जघन्य अपराधका दाेषीलाइ कडा कारबाही गर्न साँसदहरूकाे माग (LIVE)

१३ जेठ  २०७७, काठमाडौं ।  रुकुममा तीनजना दलित युवालाइ लखेटी लखेटी हत्या गरिएको घटनामा त्यहाँका सांसद जनार्दन शर्मा प्रभाकरले बोल्ने क्रममा प्रतिनिधिसभामा हंगामा भएको छ ।

जाजरकोटाका दलित युवक नवराज विकलाइ कुटेर मारेको र हत्यागरी फालेकाे दावी गर्दै साँसदहरले  रुकुमस्थित चौजारहरी नगरपालिकामा भएको हत्याका बिषयमा जाेडदार  कुरा उठाइरहँदा संसदमा हंगामा भएको हो ।

पूर्वगहृमन्त्रीसमेत रहेका जनार्दन शर्मा प्रभाकर र जाजरकोटका एक पूर्वमन्त्रीसहितले घटनाको ढाकछोपमा लागेको आरोप नेपाली कांग्रेसका सांसदहरुले लगाएका छन् । शर्माले बोलिरहँदा दलित सांसदहरुले उठेर आपत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक सम्मालिन आग्रह गरेका थिए ।

https://www.facebook.com/Kailashkhabarnews/videos/3187284391352372/

मानव कलंकका रूपमा घटाइएकाे घटानामा ढाकछाेप नगर्न र अपराधका दाेषीलाइ कारबाहीकाे माग गरिरहदा सभामुख सापकोटाले गम्भिर ध्यानाकर्षण भएकाे बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.