भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

सडक बगेपछि भोजपुरको साल्पासिलिछोमा आवतजावतमा समस्या

सडक बगेपछि भोजपुरको साल्पासिलिछोमा आवतजावतमा समस्या

भोजपुर । इर्खुवाखोलामा साउन १६ गते आएको बाढीले सडक बगाउँदा साल्पासिलिछो गाउँपालिकामा आवतजावतमा समस्या भएको छ । बाढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाकखण्डको २० किलोमिटर सडक विभिन्न ठाउँमा बगाएको थियो । बाढीबाट पुललगायतका अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले बताए ।

वडा एकको गौडेनी पुलमा एक करोड ५० लाख, वडा तीनको इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा एक करोड, वडा पाँच र छ को दोभाने फेदी सडकमा एक करोड र भमला ढाँडगाउँ पुलमा १० लाख रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी वडा चारमा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा ४० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान छ । बाढीले सडक बगाउँदा मुख्यगरी खाद्यान्न ढुवानीमा समस्या भएको उनले बताए ।

गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्लामा आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएका गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए। गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको ठाउँमा नयाँ बनाउन नसकिने उनले बताए । बाटो बनाउन १० करोड लाग्ने अनुमान गरिएको छ । क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नुको विकल्प नभएको अध्यक्ष कुलुङले बताए ।रासस

 


Thali Mobile Pvt.Ltd.