भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सार्वजनिक यातायातको भाडा घट्यो

सार्वजनिक यातायातको भाडा घट्यो

काठमाण्डौ । सार्वजनिक यातायातको भाडा बाग्मती प्रदेशमा घटेको छ । बिहीवार (हिजो) देखि लागू हुने गरी बाग्मती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक गाडीको भाडा घटाएको हो ।

काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ, १० किलोमिटरसम्ममा २४ रुपैयाँ, १५ किलोमिटरसम्ममा २९ रुपैयाँ, २० किलोमिटरसम्ममा ३२ रुपैयाँ र २० किलोमिटरभन्दा बढीमा ३७ रुपैयाँ भाडा लाग्ने छ ।

नेपाल आयल निगमले साउन १ गते पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बाग्मती प्रदेशले भाडा समायोजन गरेको हो । नयाँ भाडादरअनुसार काठमाण्डौ उपत्यकाबाहिर चल्ने लामो दूरीका यात्रुवाहक गाडीको भाडा २ दशमलव ३० प्रतिशत र मालवाहक गाडीको भाडा ३ दशमलव १८ प्रतिशतले घटेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.