भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘सिधै ऊर्जा मन्त्रालयमा फोन गर्नू’

‘सिधै ऊर्जा मन्त्रालयमा फोन गर्नू’

काठमाडौं । मर्मत तथा प्राविधिक कारणले विभिन्न समयमा लाइन काटिएको ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले जनाएको छ । तर यसलाई लोडसेडिङ नभन्न आग्रह गरेको छ ।

सडक विस्तारका क्रममा आइतबार ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ केभी प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सर्फमरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले सूचना समेत जारी गरेको थियो ।

त्यस सम्बन्धमा केही ग्राहकमा भ्रम पर्न गएको भन्दै मन्त्रालयले भ्रममा नपर्न र केहि सुझाव भए सिधै मन्त्रालयमा फोन गर्न भनेको छ । पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जा मन्त्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न समेत सचिवालयले अनुरोध गरेको छ । सेवाग्राहीले सिधै सम्पर्क गर्नका लागि ऊर्जामन्त्रीको सचिवालय हटलाइन नम्बर(११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिने छ ।

 


Thali Mobile Pvt.Ltd.