भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सीमा रक्षाका लागि छाङरु पुग्यो सशस्त्र प्रहरी बल

सीमा रक्षाका लागि छाङरु पुग्यो सशस्त्र प्रहरी बल

३१ बैशाख दार्चुला । भारतले सीमा अतिक्रमणका हर्कत गरिरहेका बेला दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्र नजिकै सशस्त्र प्रहरीले उपस्थिति बीओपी स्थापना गरेको हो । सशस्त्र प्रहरी सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा बीओपी स्थापना गरिएको छ ।नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत टोली छाङरु लगिएको थियो ।

२५ जनाको टोली अहिले बीओपीमा छ भने अरुलाई भोलि पठाउने सशस्त्र प्रहरीबलले जनाएको छ ।कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको रहने छ ।

BOPहाललाई छाङ्रु स्थित भाडाको घरमा बीओपी स्थापना गरिएको र चाँडै अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने जनाइएको छ । नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालको सदन र सडक आवाज उठिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.