भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

सीमा सुरक्षाका विषयमा चीन र नेपालबीच छलफल

सीमा सुरक्षाका विषयमा चीन र नेपालबीच छलफल

बेइजिङ । सीमा सुरक्षा, द्विपक्षीय सम्बन्ध र चीनविरोधी गतिविधिमा कडाइ गर्ने विषयमा नेपाल र चीनका गृहमन्त्रीबीच बेइजिङमा छलफल भएको छ । चीनका सार्वजनिक सुरक्षामन्त्री चाओ खची र गृहमन्त्री रामबहादुर थापाबीच दुई देशको सुरक्षा विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

चीनमा अपराध गरेर नेपालमा लुक्ने, नेपालमा बसेर दुवै देशको सुरक्षामा खलल पुर्‍याउने विरुद्ध सहकार्य गर्ने बारे छलफल भएको दुतावासले जनाएको छ । गृहमन्त्री थापाले सोमबार बेइजिङमा सुरक्षामन्त्री चाओसँग द्विपक्षीय सम्बन्ध उचाइमा लैजान सहकार्य अपरिहार्य रहेको बताएका थिए।

गृहमन्त्री थापा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको निमन्त्रणामा आइतबार बेइजिङ आइपुगेका हुन्। चीनविरोधी गतिविधि हुन नदिने तथा दुई देशबीचको सीमा सुरक्षा सबल बनाउने विषयमा पनि छलफल भएको छ । चीनले तिब्बत, हङकङ र सिनच्याङ चीनको आन्तरिक मामिला भएको भन्दै यस सम्बन्धमा अरू देशले हस्तक्षेप गर्नु आवश्यक नभएको प्रस्ट पारेको थियो ।

मन्त्री थापाले नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाउदै चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । चिनियाँ मन्त्री तथा सुरक्षा अधिकारीसँग मैत्रीपूर्ण तथा सौहार्द भेटवार्ता भएको भन्दै गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मैत्रीपूर्ण निमन्त्रणामा भएको भेटघाट कार्यक्रममा कुनै किसिमको सन्धिसम्झौता नभएको बताए ।

 


Thali Mobile Pvt.Ltd.