काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको ताजा जानकारी अनुसार ३ जना नयाँ कोरोना भाइरसको संक्रमण फेला परेको छ ।कैलाली र कञ्चनपुरमा भेटिएका थप तीन जनाको अहिले उपचार भैरहेको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।
मन्त्रालयले नियमित प्रेसमिटमा दिएको जानकारी अनुसार दुई जना भारतबाट आएका र एक जना स्थानीय संक्रमित हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजु ३४ वर्षीया महिला हुन् । आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखियो भने उनी केही समयअघि भारतको मुम्बईबाट नेपाल आएका हुन् ।
केश नं.९मा भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन । संक्रमितलाई सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखेर उपचार गरिदै आएको छ । आज पत्तालागेको यो केश नेपालमै रहेकाहरुमा संक्रमण भेटिएको पहिलो पटक हो ।
थप जानकारीका लागि यो भिडियो हेरौं ।
https://www.facebook.com/Kailashkhabarnews/videos/224081098801038/

