भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना हुदा १४ जना घाइते

सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना हुदा १४ जना घाइते

दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस सोमवार बिहान ५ बजे दुर्घटनामा परेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–४ बन गाउँको बबइसोता पुलको साइडमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको उनले बताए ।घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.