भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सूर्यविनायक धुलिखेल सडक विस्तारको काम समयमै सक्न यातायातमन्त्रीको निर्देशन

सूर्यविनायक धुलिखेल सडक विस्तारको काम समयमै सक्न यातायातमन्त्रीको निर्देशन

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक(धुलिखेल सडक विस्तारको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । हिजो सूर्यविनायक(धुलिखेल सडक खण्डको अनुगमनका क्रममा मन्त्री ज्वालाले तोकिएको समयभित्रै काम सक्न निर्देशन दिनुभएको हो । उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गरिने बताउनु भएको छ ।

मन्त्री ज्वालाको नेतृत्वमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायतको टोलीले सडक खण्डको अनुगमन गरेको थियो । सूर्यविनायक धुलिखेल सडक खण्ड दुई खण्डमा विभाजन गरी अहिले सडक विस्तारको काम भइरहेको छ । अहिले सडकका दुवै किनारमा पर्खाल निर्माण भइरहेको छ ।

कुल १६ किलोमिटर लम्बाइ रहेको यस सडक खण्ड विस्तारको काम गएको वर्षदेखि सुरु गरिएको हो । झन्डै आठ अर्ब ४२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको सडक खण्डमा तीन ठाउँमा पक्की पुलसमेत निर्माण गरिने आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिनुभयो । तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ(बायाँ पाँच पाँच मिटरको सर्भिस लेन र साढे दुई मिटरको पैदलयात्रुमार्गको निर्माण गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.