भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सेटिङको कम्पनीले नपाउने भएपछि खरिद टेण्डर रद्द

सेटिङको कम्पनीले नपाउने भएपछि खरिद टेण्डर रद्द

७ असार २०७७ आइतबार, काठमाडौं । स्वास्थ्य सेवा विभागले सेटिङमा गत शनिबार ३ दिनको समय दिँदै २८ करोड रुपैयाँ बराबरको मेडिकल सामाग्री खरिदका लागि टेन्डर गरेको थियो । तर, विभागले फेरि सेटिङमा शनिबार (असार ६ गते) नै टेन्डर रद्द गरेको छ ।

विभागले अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन मेसिन ७ सेट र ५ लाख किट खरिदका लागि जुन महिनाको १३ तारेखमा ३ दिनको समय दिँदै टेन्डर सूचना प्रकाशन गरेको थियो । विभागले टेन्डर सूचना प्रकाशन लगत्तै उक्त विषय विवादित बनेको थियो ।

विभागले गरेको टेन्डरमा ७ वटा कम्पनीले ती सामग्री दिने सक्ने भन्दै प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पेस गर्ने कम्पनीहरुले १६ करोड ९३ लाख ११ हजार रुपैयाँदेखि ३२ करोड ७० लाख रुपैयाँमा ७ सेट अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन मेसिन र ५ लाख किट विभागलाई उपलब्ध गराउन प्रस्ताव गरेका थिए ।

विभागले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाकारले भनेकै कम्पनीले टेन्डर नपाउने अवस्था आएकाले टेन्डर नै रद्द गरेको छ । तीन दिनको म्याद दिएर विभागले गरेको टेन्डर प्रस्ताव आह्वानमा चामुन्डाले ३२ करोड ७० लाख रुपैयाँ, एमएपीले २४ करोड २३ लाख ८८ हजार ८ सय रुपैयाँ, बायोमेडेल २३ करोड १६ लाख १७ हजार, सेरोले १९ करोड ६९ लाख ७५ हजार २ सय ५ रुपैयाँ, लुम्बिनीले १९ करोड ३१ लाख, हाम्रोले १७ करोठ ५४ लाख ४३ हजार ३ सय ९२ र सबैभन्दा सस्तो एचई (हस्पिटेक) इन्टरप्राइजेजले १६ करोड ९३ लाख ११ हजार रुपैयाँमा ती मेडिकल सामग्री दिने भन्दै प्रस्ताव पेस गरेका थिए ।

स्वार्थअनुसारका कम्पनी छनौट हुने अवस्था नभएकाले सेटिङमा नै टेन्डर रद्द गरेको विभाग स्रोतले  बताएकाे छ। ‘पहिले नै स्वार्थपूर्ति गर्न आफू निकट कम्पनीलाई टेन्डर पार्ने गरी सूचना प्रकाशन भएको थियो,’ विभाग स्रोतले भन्यो, ‘टेन्डरमा सहभागी कम्पनीहरूमध्येबाट आफूनिकट कम्पनीलाई टेन्डर दिन नसक्ने अवस्था आएपछि टेन्डर नै रद्द गर्ने काम भएको छ।’

यसमा सिधै मन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डा. खेम कार्कीको हस्तक्षेप थियो । विभागले सेटिङमै अघिल्लो साता जेठ ३१ गते शनिबार नै टेन्डर सूचना प्रकाश गरेको थियो भने रद्दको टेन्डर सूचना पनि शनिबार (हिजो) नै गरेको छ ।

कहिले भएको थियो टेन्डर ?
विभागले झन्डै २८ करोड रुपैयाँ बराबरको मेडिकल सामग्री खरिदका लागि जेठ ३१ मा ३ दिनको मात्र समय दिँदै टेन्डर आह्वान गरेको थियो । कोरोना परीक्षणमा प्रयोग हुने उपकरण अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन मेसिन ७ सेट र ५ लाख किट खरिदका लागि टेन्डर गरेको थियो ।

कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब पिसिआर परीक्षण मेसिनमा राख्नुअघि प्रशोधनका लागि अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन मेसिन प्रयोग गरिन्छ । संकलित नमुनाको परीक्षणको दायरा बढाउन यो मेसिन आएपछि सहज हुने विभागको विश्वास छ । अहिले कोरोना परीक्षणका लागि संकलन भएको स्वाब प्रशोधनको काम म्यानुयल रूपमा भइरहेको छ ।

जसका कारण संकलन भएको नमुनाको परीक्षण गर्न लामो समय लाग्ने गरेको छ । सातै प्रदेशमा एक-एक वटा यो मेसिन उपलब्ध गराउने भन्दै विभागले खरिद गर्न लागको हो। विभागले ५ लाख किट पनि आवश्यक पर्ने भन्दै खरिद गर्न शनिबार टेन्डर सार्वजनिक गरेको थियो भन्ने रद्द पनि शनिबार नै असार ६ गते गरेको छ ।

विभागले जेठ ३१ गते शनिबार १३ जुनमा सूचना प्रकाशन गर्दै मंगलबार १६ जुनको दिउँसो १२ बजेभित्र इच्छुक फर्मले ७० लाख रुपैयाँको बैंक ग्यारेन्टीसहितको धरौटी राखी टेन्डरमा सहभागी हुनुपर्ने सर्त राखेको थियो । सबै सामग्रीको लागत २८ करोड रुपैयाँ हाराहारी थियो ।

फेरि ३ दिनकै समय दिएर टेन्डर
विभागले असार ७ गते अर्थात् आइतबार (आज) पुनः ३ दिनकै समय दिँदै टेन्डर सूचना प्रकाशन गरेको छ । अहिले भएको टेन्डरमा पनि जेठ ३१ गते भएको टेन्डरमा उल्लेख भएकै सर्त राखिएको छ । विभागले जुन २३ मा प्रस्ताव खोल्ने गरी टेन्डर सूचना प्रकाशन गरेको हो । प्रस्ताव मंगलबार दिँउसो ४ बजेभित्र आइपुग्ने गरी पेस गर्न भनिएको छ भने ती प्रस्तावहरू मंगलबार नै दिउँसो साढे ४ मा खोलिने जनाइएको छ ।

Bid Radda

From Swasthyakhabar

 


Thali Mobile Pvt.Ltd.