भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

हमासविरूद्ध दोस्रो चरणको युद्ध सुरू

हमासविरूद्ध दोस्रो चरणको युद्ध सुरू

एजेन्सी । इजरायलले गाजामा आकाश, जमिन र समूद्रबाट आक्रमण जारी राखेको छ । मानवीय सहायतका लागि संयुक्त राष्ट्रसंघले गाजामा गरेको युद्धविरामको आह्वानलाई खारेज गर्दै इजरायलले गाजापट्टीमा आक्रमण तीब्र पारेको छ ।

गाजामा युद्धविराम गरी मानवीय सहायता लैजानका लागि संयुक्त राष्ट्रसंघको आइतबारको महासभामा जोर्डनले प्रस्ताव राखेको थियो । उक्त प्रस्तावलाई नेपालसहित १२० देशले समर्थन गरेका थिए । अमेरिकासहित १४ देश उक्त प्रस्तावको विपक्षमा उभिएका थिए ।

४५ देश मतदानमा सहभागी भएनन् । गाजामा हवाइ आक्रमण गरिरहेको इजरायलले शुक्रबारदेखि जमिन र समुद्रबाट पनि आक्रमण गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले यसलाई हमासविरूद्धको दोस्रो चरणको युद्ध भनेका छन् ।

इजरायली सेनाहरु जमीनबाटै गाजा पट्टीमा प्रवेश गरी त्यहाँ आक्रमण गरिएको भिडिओहरु विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले प्रसारण गरिरहेका छन् । प्रधानमन्त्री नेतन्याहूले शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा गाजा पट्टीमा शुक्रबारदेखि नै इजरायली सैनिक प्रवेश गरिसकेको बताए ।

गाजामा इजरायलले जमिनबाटै आक्रमण सुरू गरेको बारे सञ्चारमाध्यहरूले उल्लेख गरेको भएपनी इजरायलले शनिबार अपराह्नसम्म त्यसबारेमा कुनैपनि आधिकारिक विवरण सार्वजनिक गरेको थिएन ।

गाजामा इजरायलले सुरू गरेको आक्रमणलाई हमास इजरायल लडाइँको तीन साता यताकै भयानक भनिएको छ । इजरायली सैनिक जमिनबाटै प्रवेश गरेपछि गाजाका नागरिकहरू थप आतंकित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.