भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

हात चिर्न लगाउने शिक्षिका प्रहरीको नियन्त्रणमा

हात चिर्न लगाउने शिक्षिका प्रहरीको नियन्त्रणमा

काठमाडौं । कम नम्बर ल्याएको भनेर विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बानेशवर प्रहरी वृत्तले नियन्त्रणमा लिएर छलफल गर्दा शिक्षिका कर्माचार्यले आफ्नो गल्ती स्वीकार गरेकी छन् ।

यस्तो छ घटना

सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिईन। परीक्षामा राम्रो नम्बर नल्याउने विद्यार्थीको हात चिरिदिने चेतावनी समेत दिईन् । परीक्षाफल पनि उस्तै र¥यो ।परीक्षामा राम्रो नम्बर नल्याएको भन्दै बिहीबार विद्यार्थीहरुलाई बेञ्चमा उभ्याएर ब्लेडले आफ्नो हातमा आफैं चिर्न निर्देशन दिइन् ।

त्यो निर्देशन नमाने विद्यार्थीको हात आफैं चिरिदिने धम्की समेत दिईन । धम्की दिएपछि विद्यार्थीहरुले आ(आफ्नो हात काटेको पीडित विद्यार्थीहरुले बताएका छन् । कम नम्बर ल्याउने विद्यार्थीको हात सबैभन्दा बढी काटिएको छ । १५ देखि २० पटक ब्लेडले हात चिरिएको छ । २५ जना कक्षा ६ मा र सातमा अध्ययनरत नौ विद्यार्थीको हात चिरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.