भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

आठबीस नगरको सराहनीय कार्य, सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

आठबीस नगरको सराहनीय कार्य, सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

काठमाडौं । दैलेखको आठबीस नगरपालिका वडा नं १ सात्तलाबाट एक जना महिलाको हेलिकप्टबाट उद्धार गरिएको छ । साताला,गैराघर माइत तथा आठबीस नगरपालिका वडा न ९ छेपाडी कर्मघर भएकी डम्म थापा सिजापतिको प्रसुति हुन नसक्दा हेलिकप्टरबाट सोमबार उद्धार गरिएको हो ।

आठबीस नगरपालिका वडा नं १ सात्तला  स्वास्थ चौकीमा प्रसुति भएपनि एक्लम्सियाको समस्या भएर स्वास्थ्य अवस्था विग्रीदै गएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धारगरी थप उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुर्‍याइएको छ ।

आठबीस नगरपालिकाका मेयर तर्क बडुवाल, उपमेयर कल्पना थापा, प्रवक्ता वीर बहादुर नेपाली मार्क्सवादीको विषेश पहलमा र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको सम्वनयमा उद्धार गरिएको आठबीस नगरपालिकाका प्रवक्ता वीर बहादुर नेपाली मार्क्सवादीले कैलाश खबरलाई जानकारी दिए । सिजापतिको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.