भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

१३ जिल्लाका नेता कार्यकर्ता काठमाडौ बोलाएर के गर्दै छ नेकपा ?

१३ जिल्लाका नेता कार्यकर्ता काठमाडौ बोलाएर के गर्दै छ नेकपा ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशको प्रशिक्षण काठमाडौँको रामशाह पथमा शुरु भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको सहभागी छ ।

बाग्मती प्रदेशका १३ जिल्लाका नेता, कार्यकर्ता, प्रदेश सांसद, मन्त्रीलाई प्रशिक्षणमा बोलाइएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । बुधबार वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी सचिवालयको निर्णय र सो निर्णयमा ओलीको असहमतिले पार्टीभित्र संकटको स्थीति छ ।

पार्टी भित्र भएका केहि अराजक गतिविधि, मन्त्रीको घुस वार्गेनिङ्ग, नेपालको नक्सा अंकित केक प्रकरण पार्टी पंक्ति तरङ्गित भइरहेको बेला शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित हुनुलाई चाँसोका साथ हेरिएको छ । १३ जिल्लाका नेता, कार्यकर्ता, प्रदेश सांसद, मन्त्री गरी २ हजार १ सयको प्रशिक्षणमा सहभागिता रहेको छ।

 


Thali Mobile Pvt.Ltd.