२५९ अलपत्र नेपाली अष्ट्रेलियाबाट उद्दार गरिदै

२५९ अलपत्र नेपाली अष्ट्रेलियाबाट उद्दार गरिदै

९ असार २०७७ सिड्नी । अष्ट्रेलियाबाट आज पहिलो पटक २५९ जना अलपत्र नेपालीहरुको उद्दार गरिन लागेको छ । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट १ बजे काठमाडौंतर्फ उड्ने बताइएको छ ।

लकडाउनका कारण चार महिनादेखि अलपत्र परेका नेपाली, आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावकलाई लिएर जहाज काठमाडौ तर्फ लाग्ने छ ।

न्यूजिल्याण्डमा रहेका ११ जना नेपाली पनि न्यूजिल्याण्डबाट अष्ट्रेलिया पुगिसकेका छन् । सबैको पीसीआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको दूतावासले जनाएको छ ।

अष्ट्रेलियन दूतावासको समन्वयमा ५ जना बच्चासहित २९ जनालाई बोकेर नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलिया आएको र सोही जहाजमा अष्ट्रेलियामा रहेका नेपाली फर्किन लागेका हुन ।

Mohotsav


Thali Mobile Pvt.Ltd.