भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

४ वर्षदेखि भन्सार कार्यालय बन्द

४ वर्षदेखि भन्सार कार्यालय बन्द

ताप्लेजुङ – हिमाली क्षेत्रबाट विभिन्न सामाग्री निकासी गर्न राजस्व सङ्कलनका लागि स्थापना भएको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ मा रहेको ओलाङचुङगोला भन्सार कार्यालय विगत चार वर्षदेखि बन्द रहेको छ ।

भन्सार कार्यालयमा खरिदार र एक कार्यालय सहयोगी गरी दुई जनाको दरबन्दी भए पनि कर्मचारी नरहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले बताए ।

कोरोना सङ्क्रमण भएको दुई वर्ष अगाडिदेखि बन्द रहेको भन्सार कार्यालय खोल्नका लागि सम्बन्धित निकायबाट पहल नभएको पोखेले बताए । महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार यस कार्यालयले चार वर्ष अगाडि १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । कार्यालयको खर्च भने १७ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

वडाध्यक्ष छेतेन शेर्पाका अनुसार चार वर्ष अघिसम्म चीन र नेपाल दुवैतर्फ ठूलो परिमाणमा जडीबुटी, चौपाया र तयारी सामान आयात निर्यात हुने गरेको थियो । तर कोरोनाका कारण तीन वर्षदेखिको चीनको नाका बन्द भएकाले भन्सार कार्यालय बन्द रहेको बताए ।

ओलाङचुङगोला हुँदै टिपताला नाकाबाट पूर्वका ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा र भोजपुरसम्मको जडीबुटीलगायत चौँरी, गलैँचा, राडीपाखी चीन निर्यात हुन्छ ।

अहिले नाका बन्द भएकाले कर्मचारीको खासै आवश्यक नभएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । कर्मचारीको व्यवस्थाका लागि सम्बन्धित निकायमा पहल गरिने उनले बताएका छन ।

 


Thali Mobile Pvt.Ltd.